मौसममा सुधार आउन अझै चार दिन लाग्ने छ । पश्चिमी वायुको प्रभाव र भारतको बिहार नजिक बनेको न्यून चापीय प्रणालीको प्रभावले मौसम सफा हुन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशभर मौसममा परिवर्तन आएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले बताए । राति गण्डकी, कोशी र वाग्मती प्रदेशमा हल्का वर्षा हुनेछ । उनले भने, ‘पश्चिमी वायुको प्रभाव र भारतको बिहार नजिक बनेको न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको हो । प्रभाव केही दिन जारी रहने र तीन/चार दिनसम्म मौसम सफा हुने ।”
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400




