होली पर्वलाई सुरक्षित र अनुशासित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाउने भएको छ । होलीको दिन आइतबार उपत्यकामा कुनै अप्रिय घटना हुन नदिन तीन हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले गैरकानूनी क्रियाकलाप गर्ने, लागुऔषध तथा मदिरा सेवन गरी सवारी साधन चलाउने, मदिरा सेवन गरी आवाज निकाल्ने र होली पर्वमा सर्वसाधारणलाई समस्यामा पार्नेलाई कारबाही गरिने राससलाई जानकारी दिनुभयो । । उनले भने, "हामीले होली पर्वलाई सभ्य र भव्यताका साथ मनाउन सबैलाई आग्रह गरेका छौं। गैरकानूनी गतिविधिमा संलग्नलाई कडा कारबाही गरिनेछ।" यस वर्षको होलीमा शान्ति सुरक्षा कायम गर्न वर्दीमा २ हजार ५ सय र सादा पोशाकमा ५ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । प्रहरीले आइतबार बिहानैदेखि काठमाडौं उपत्यकामा अप्रिय घटना हुन नदिन चेकजाँच गर्ने जनाएको छ । त्यसैगरी रङ फाल्ने, पानी भरिएका बेलुन फाल्ने जस्ता गतिविधिमा संलग्नलाई पनि कानुनी दायरामा ल्याइनेछ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400




