टी–२० सिरिजको उद्घाटन खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई हराएको छ

0
176
सोमबार भएको टी–२० सिरिजको उद्घाटन खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।

आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा चार विकेटको क्षतिमा विजयी लक्ष्य पुरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ३२ बलमा चार चौका प्रहार गर्दै ३७ रनको योगदान दिए ।

त्यस्तै सन्दीप जोराले ३५ बलमा तीन चौका र दुई छक्कासहित ३६ रन जोडे भने दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्कासहित २० रन जोडे। टोलीलाई जित दिलाउन आसिफ शेखले दुई चौका र एक छक्कासहित १६ रन बनाए भने गुलसन झाले चार रनको योगदान दिए ।

बलिङतर्फ आयरल्याण्डका ग्यारेथ डेलानीले २ विकेट लिए भने बेन ह्वाइट र थोम मेसले एक एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले २० ओभरमा १२१ रन बनाएर अलआउट भएको थियो ।

आयरल्यान्डका स्टेफन डोहेनीले ४६ रन बनाए भने म्याथ्यु हम्फ्रेस र लियाम म्याकार्थीले १६/१६ रन बनाए। फिओन ह्यान्डले ११ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालको बलिङतर्फ ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले समान २–२ तथा करण केसी र कुशल मल्लले एक–एक विकेट लिए । टोलीले दोस्रो खेल मंगलबार खेल्नेछन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here