गोरखा, ११ मंसिर- ग्लोबल गोरखा समाज अन्तरास्ट्रिय समन्वय परिषदले ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री हस्ताण्तरण गरेको छ । समाजले बुधवार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच सो सहयोग सामाग्री हस्ताण्तरण गरेको हो । उक्त सामग्री संस्थाका नेपाल संयोजक बिनोद पोखरेलले जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङलाई हस्तान्तरण गरेका हुन् । जिल्लाका सबै स्थानिय तहलाई १३/१३ हजार थान मास्क र ३०/३० थान थर्मल गन सहयोग गरिएको छ । त्यस्तै गरी समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिती गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गन समेत हस्तान्तरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका लागि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत सात हजार थान मास्क, १० थान थर्मल गन, जिल्ला समन्वय समितिका लागि दुई हजार थान मास्क र दुई थान थर्मल गन, पत्रकार महासंघ गोरखाका लागि दुई हजार थान मास्क र एक थान थर्मल गन सहयोग प्रदान गरिएको छ । उक्त स्वास्थ्य सामाग्री समन्वय समितिका प्रमुख मार्फत तत्कालै गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई स्वास्थ्य सामग्री जिम्मा लगाइएको थियो । सुरक्षा निकाय, जिल्ला प्रशासन र संचार गृहमा कार्यरत जो कोही पनि सर्वसाधारणसँग बढी जसो सम्पर्कमा रहने हुनाले सुरक्षा स्वास्थ्य सामग्री उपलब्ध गराएका हौ’ संयोजक पोखरेलले भने । उपयोगी स्वास्थ्य सामग्री रहेको भन्दै स्थानीय तहका प्रमुख उपप्रमुखले सहयोगको प्रशंसा गरेका छन् । कोरोना भाईरसको संक्रमण बढ्दो क्रममा रहेकाले स्थानीय तहलाई काम गर्न सहज होस भन्ने ध्येयले स्वास्थ्य सामग्री सहयोग गरिएको समाजका सचिव विराज खनालले जानकारी दिएका छन् । ‘समाज अध्यक्ष विनय अधिकारी, उपाध्यक्ष यदु लामिछाने, म र समकक्षी सचिव सकुन्तला गुरुङ,कोषाध्यक्ष आकाश बन्जारा साथै सदस्यहरु सबै जनामा हाम्रो गोरखालाई केही गरौ भन्ने भावना छ र अहिलेको अवस्थामा स्वास्थ्य सामाग्री सहयोग गर्दा उपर्युक्त हुने ठानेर सहयोग गरेका हौ’ जापानमा रहेका सचिव खनालले टेलिफोन मार्फत जानकारी दिदै भने । ‘ग्लोबल गोरखा समाजको नयाँ कार्यसमितिका सदस्यहरु आफैँले उक्त रकम संकलन गरेर सहयोग जुटाएका हुन्’ उनले बताए । समाजले यस अगाडी पनि गोरखाको विभिन्न स्थानमा सहयोगहरु गर्दै आएको ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनय अधिकारीले जानकारी दिए । सो समाजमा गोरखामा जन्मिएर बिश्वभर रहेका नेपालीहरु संगठित भएका छन् ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400