मणिपाल शिक्षण अस्पताल अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सवारी दुर्घटनामा परी करिब ८ दिनअघि अस्पताल भर्ना भएका उनको शुक्रबार कोरोना पोजेटिभ देखिएको हो ।
उनी कुश्मा ३ का बासिन्दा हुन् । दुर्घटना लगत्तै उपचारका लागि पोखरा आएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । ‘दुर्घटनामा परेर उनको हात र टाउकोमा चोट लागेको रहेछ उनले भने ।
मेयर जोशीले संक्रमित व्यक्ति कुश्मा पनि बाहिरी सम्पर्क नभएको र दुर्घटनापछि सीधैं अस्पताल गएकाले त्यही संक्रमण सरेको हुनसक्ने दाबी गरे । उनी आईसीयूमा छन् । ‘उनको अप्रेसन गर्ने कुरा थियो । अब कोरोना पोजेटिभ देखिएपछि त्यो पनि प्रभावित हुने भयो,’ उनले भने ।
पर्वतमा शुक्रबारमात्रै १३ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्ये मणिपाल अस्पतालमा देखिएका विरामीबाहेक सबै भारतबाट आएका थिए । संक्रमित हुनेमा कुश्मा १९ देखि ४५ वर्ष समूहमा ८ जना पुरुष छन् । कुश्माकै एकजनाको भने उमेर खुल्न सकेको छैन ।
पर्वतकै पैयुा गाउापालिका र बिहाद गाउापालिकामा १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारै कोरोना पुष्टि हुने अर्का एक ३२ वषर्ीय पुरुषको भने अझै ठेगाना खुल्न नसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।