सुनकोशी मरिन डाइभर्सन सुरुङ एक महिनाभित्र सम्पन्न हुने

0
180

सुनकोशी मरिन डाइभर्सनको मुख्य सुरुङको काम एक महिनाभित्रै निर्माण हुने भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये ७९० मिटर मात्रै पूरा हुन बाँकी रहेको आयोजना प्रमुख मित्र बरालले बताए ।

अर्बौं रुपैयाँको बहुउद्देश्यीय आयोजनाले मधेश प्रदेशका पाँचवटा खडेरी प्रभावित जिल्लामा सिँचाइ सुविधा पु¥याउने र ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, जलविद्युत तथा सिँचाइ विभागका महानिर्देशक चन्द्रबहादुर ओलीलगायतको टोलीले स्थलगत निरीक्षण गरेको हो । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको कुसुमटारमा आज आयोजनास्थल… आयोजना प्रमुख बरालले सुरुङको बाँकी भाग खन्ने काममा भौगोलिक जटिलता नभएको भए एक महिनाभित्रै आयोजनाले गति लिने बताए ।

आयोजनाको बाँध निर्माणका लागि चिनियाँ कम्पनी ओभरसिज इन्जिनियरिङले सुरुङ निर्माण गरिरहेको छ भने भारतीय कम्पनी पटेल इन्जिनियरिङले नेपालको रमन समूहसँग साझेदारी गरेको छ । आयोजना सन् २०२७ अक्टोबरको मध्यमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

आयोजनाअन्तर्गत प्रतिसेकेन्ड ६७ घनमिटर पानी सुनकोशी नदीबाट सिन्धुली जिल्लाको मरिन खोला हुँदै बागमती नदीमा खसालिने छ ।

स्थलगत भ्रमणपछि मन्त्री बस्नेतले आयोजना समयमै सम्पन्न गर्न स्रोतको अभाव हुन नदिने आश्वासन दिए । ‘यो आयोजना सरकारको विशेष प्राथमिकता हो, आयोजनामा स्रोतसाधनको कुनै समस्या नहोस् भन्ने सुनिश्चितता गर्छौं,’ मन्त्री थापाले भने ।

आयोजनाले हालसम्म सन्तोषजनक प्रगति हासिल गरेको बताउँदै मन्त्रीले तोकिएको समयभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिए ।

यसअघि शुक्रबार टोलीले रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारा जिल्लाको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने अनुमान गरिएको आयोजनाको बाँधको पनि निरीक्षण गरेको थियो ।

आयोजना प्रमुख बरालले सुरुङको बाँकी भाग खन्ने काममा भौगोलिक जटिलता नभएको भए एक महिनाभित्रै आयोजनाले गति लिने बताए ।

आयोजनाको बाँध निर्माणका लागि चिनियाँ कम्पनी ओभरसिज इन्जिनियरिङले सुरुङ निर्माण गरिरहेको छ भने भारतीय कम्पनी पटेल इन्जिनियरिङले नेपालको रमन समूहसँग साझेदारी गरेको छ । आयोजना सन् २०२७ अक्टोबरको मध्यमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

आयोजनाअन्तर्गत प्रतिसेकेन्ड ६७ घनमिटर पानी सुनकोशी नदीबाट सिन्धुली जिल्लाको मरिन खोला हुँदै बागमती नदीमा खसालिने छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here