मौसम अनुकूल भएपछि पदयात्रीहरू रारा पुग्न थालेका छन्

0
187

नेपालको सबैभन्दा ठूलो ताल रारा तालमा घुम्नको सिजन सुरु भएको छ । अन्य सिजनको तुलनामा मार्चदेखि जुनसम्म रारा घुम्न उपयुक्त मानिन्छ ।

पोखराको दुर्गा फिमेल ट्रेकिङ नेपाल अन्तर्गतको पर्यटकीय स्थल एन्टीगोलको रारा आसपास पदयात्रा गर्दै आएका विदेशी पर्यटकले रारा ताल वरपरको वातावरण उपयुक्त पाएका छन् ।

उनका अनुसार आकाशको रंग अनुसार रारा तालको रंग कहिले निलो, कहिले सेतो, कहिले कालो हुन्छ । तालमा बादलको छायाँ पर्दा र वर्षापछि तालको शान्त पानीमा सुन्दर हिमालयको छायाँ पर्दा ताल मनमोहक हुन्छ ।

पोखराको दुर्गा फिमेल ट्रेकिङ नेपालका संस्थापक दुर्गा रावलका अनुसार रारामा घुम्नका लागि मार्चदेखि मे र अक्टोबरदेखि नोभेम्बरसम्म सबैभन्दा राम्रो महिना हो ।

जुम्लादेखि मुगु, हुम्ला, डोल्पाको रारासम्मको पैदल यात्रालाई पूर्वाधारको विकास गरेर खप्तडसम्म पुग्ने हो भने लामो पैदल यात्रा गर्न चाहनेले रमाइलो गर्न सक्ने उनले बताइन् ।

यसले स्थानीय महिलाका लागि रोजगारीको अवसर पनि सृजना गर्न सक्छ र त्यसका लागि रारा छायानाथ, रिनी मोक्षतीर्थ (ऋण मुक्ति तीर्थ) देखि पैदल यात्रा गर्न आवश्यक छ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ३ हजार ७ सय ५४ पर्यटकले रारा भ्रमण गरेका छन् । रारा ताल समुन्द्री सतहबाट २ हजार ८८० मिटर, १६७ मिटर गहिरो, ५ दशमलव १ किलोमिटर लामो र २ दशमलव ७ किलोमिटर चौडाइमा रहेको छ भने रारा तालको किनारा १४ दशमलव ६ किलोमिटर लामो छ ।

तालको वरिपरि पैदल हिँड्न करिब सात घण्टा लाग्छ। साइकल र घोडा सवारीको मजा लिन सकिन्छ तर तालमा पौडी खेल्न र नुहाउन निषेध गरिएको छ।

यस क्षेत्रमा धेरै मन्दिरहरू छन्। तालको पूर्वमा छायानाथ पहाड र रिनी मोक्ष सधैँ हिउँले ढाकेको हुन्छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here