कास्कीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्

0
174

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना हुँदा १२ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनास्थलबाट घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

घाईतेहरुको अवस्था बुझ्न बाँकी रहेको राणाले जानकारी दिए । दुर्घटनास्थल पोखरा शहरबाट २९ किलोमिटर टाढा छ ।

स्थानीय बासिन्दाको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here