लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरमा पहिरो खसेपछि बेन्सीशहर–चामे सडकखण्ड अवरुद्ध भएको छ । लमजुङ र मनाङ जिल्ला जोड्ने यो एक मात्र सडक हो ।
शनिबार साँझ परेको अविरल वर्षापछि श्रीचौर क्षेत्रमा पहिरो गएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चापईले पहिरोका कारण सवारी साधन चल्न नपाउँदा यात्रुलाई सास्ती भएको बताए ।
उनले अवरोध हटाउने प्रयास जारी रहेको बताए