मुख्यमन्त्री चौधरीद्वारा राजीनामाको घोषणा

0
217

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका छन् ।

सम्बोधनका क्रममा मुख्यमन्त्री चौधरीले प्रदेश सरकार प्रभावकारी र चुस्त प्रशासन गर्न नसकेको स्वीकारे । ‘सुशासनलाई प्रभावकारी बनाउन सकेनौं, गुण्डागर्दीले सुशासनलाई परिणाममुखी बनाउँदैन,’ उनले कर्मचारीको असहयोगका कारण विकास बजेट खर्च हुन नसकेको आरोप लगाए ।

सत्ता क्षणिक हुने भएकाले संघीयताको रक्षा र प्रवद्र्धनका लागि सबै पक्षको एकता आवश्यक रहेको उनले स्मरण गराए ।

संघीय सरकारमा सत्तारुढ गठबन्धन परिवर्तनको प्रभावले मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।

नयाँ गठबन्धनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा कसैलाई पनि मुख्यमन्त्री बन्न ४४ मत चाहिन्छ। एमालेको २९, नेकपा माओवादी केन्द्रका सभामुख बाहेक १०, जनता समाजवादी पार्टी तीन, एकीकृत समाजवादी एक र स्वतन्त्र एक सदस्य छन् । उनीहरुले महरालाई मुख्यमन्त्री बनाउने सहमति गरेका छन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here