धनकुटामा कुखुराको फोहोरमा डुबेर दुई जनाको मृत्यु भएको छ

0
157

धनकुटाको पोल्ट्रीफार्मको फोहोरमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका–१० पाटलेमा शनिबार पोल्ट्रीफार्ममा फ्याँकिएको दलदलमा डुबेर दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका–१० का ११ वर्षीय मनिष खतिवडा र सोही नगरपालिका–९ का १६ वर्षीय दीपेश खतिवडा रहेका छन् ।

दुवैको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here