ज्ञानेन्द्र गदालको ‘कृष्ण कन्हैया’ सार्वजनिक (भिडियोसहित)

0
1028

गीतकार ज्ञानेन्द्र गदालको नयाँ भजन ‘कृष्ण कन्हैया’ सार्वजनिक भएको छ । तृप्ति खड्का गुरुङको स्वर र संगीत रहेको भजनको भिडियो सार्वजनिक भएको हो । अरुण कुमार प्रधानको निर्देशन रहेको भजनको भिडियोमा दिनेश कोइराला, मेनुका माझीको अभिनय छ ।

यस्तै भिडियोमा अर्पण आचार्य, विनिता चापागाईं, अनुजा चापागाईं, प्रसन्न पोखरेल, रूपा कोइराला, सफा कोइराला, कविता घिमिरे, गंगा घिमिरे, अनिता घिमिरेलगायतको पनि अभिनय देख्न सकिन्छ । सुमन तामाङको छायांकन रहेको भिडियोमा हेमन्त तामाङको सम्पादन र कलर छ ।

कृष्ण भगवानमा समर्पित गीतको भाव जति मर्मस्पर्शी छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘ईश्वर भक्ति र कर्तव्यबोधको मिलन नै जीवनको चरम सन्तुष्टि हो । मेरो इष्टदेव भगवान् श्रीकृष्णप्रति समर्पित यो भजन सुनेर भक्तिरस लिनुहुन अनुरोध गर्दछु’, गीतकार गदाल भन्नुहुन्छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here