काठमाडौंमा आज घोडा पर्व मनाइएको छ ।
सो अवसरमा नेपाली सेनाका जवानहरूले सांगीतिक सवारी, क्रस कन्ट्री जम्प, राइड पास, शो जम्प, ड्रिल राइड लगायतका विभिन्न खेलहरू प्रस्तुत गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विशिष्ट व्यक्तिले प्रदर्शनको अवलोकन गरेका थिए ।
यहाँ महोत्सवका केही तस्विरहरू छन्।














