हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग भोलिदेखि बन्द हुने भएको छ

0
370

कुलेखानी–फर्पिङ सडकखण्डअन्तर्गत हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको रुट मंगलबारदेखि बन्द हुने भएको छ ।

मकवानपुर हुँदै काठमाडौं जोड्ने कुलेखानी–फाखेल–फर्पिङ सडकअन्तर्गत फर्पिङ–तल्कु–हुमने सडकखण्डको लामागाउँदेखि ताल्कु बोसिन्डोलसम्मको सडक कालोपत्र हुने भएपछि मंगलबारदेखि सडक बन्द हुने भएको छ ।

दक्षिणकाली नगरपालिकाको कुलेखानी–फाखेल–फर्पिङ सडकअन्तर्गत लामा गाउँदेखि ताल्कु बोसिन्डोलसम्मको तीन मिटर सडक मंगलबारदेखि सुरु हुँदैछ ।

दक्षिणकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले लामा गाउँदेखि तालकु बोसिन्डोलसम्मको सडक अर्को सूचना नआएसम्मका लागि बन्द गरिने बताए ।

उनले अर्को सूचना नआएसम्म जारी रहने भन्दै सार्वजनिक सूचना जारी गरी यो खण्डबाट आवतजावत गर्ने सबै सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरे ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here