बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा करिब २ हजार पर्यटक भित्र्याउने तयारी भएको छ । सन् २०१० मा रोयल बेङ्गाल बाघको संरक्षणका लागि स्थापना भएको यो देशकै कान्छो राष्ट्रिय निकुञ्ज हो।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार राष्ट्रिय निकुञ्ज जति सक्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन तयार छ ।
राष्ट्रिय निकुञ्जमा विगतका वर्षमा ५ सयभन्दा बढी पर्यटक नआएको बताउँदै उनले यस वर्ष २ हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।
जङ्गलका सबै बाटो पर्यटकका लागि खुला गरिएको उल्लेख गर्दै उनले पर्यटकको सहजतालाई ध्यानमा राखेर बाँके राष्ट्रिय निकुञ्जको सदरमुकाम ओभरी र कोहलपुरस्थित सेक्टर अफिसबाट जुनसुकै बेला पनि टिकट खुल्ला गरिएको बताए ।
उनले १३ वर्षदेखि पूर्वाधार निर्माणमा केन्द्रित रहेको राष्ट्रिय निकुञ्ज अहिले पर्यटन प्रवद्र्धनतर्फ अघि बढेको बताए ।
उनले भने, ‘राष्ट्रिय निकुञ्जमा पर्यटक आउनेको कुनै ट्र्याक रेकर्ड छैन, यो वर्ष २ हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ । पर्यटकलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ ।”
गर्मी मौसममा राष्ट्रिय निकुञ्जका पशुपक्षीलाई पिउने पानीको अभाव हुन नदिन चालू आर्थिक वर्षमा थप दुईवटा पोखरी निर्माण गरिने उनले बताए ।
उनले भने, ‘पानीमा बाघले रमाइलो गरेको देख्ने अपेक्षा गरेका छौं । हामी जलाशय र सिमसार क्षेत्रको विकास गर्ने योजना बनाएर अगाडि बढिरहेका छौं ।”
“अब, राष्ट्रिय निकुञ्जमा दुर्लभ रोयल बेङ्गाल बाघलगायत अन्य सिकार प्रजातिको भ्रमणको आनन्द लिन सकिन्छ। राष्ट्रिय निकुञ्ज जाने सबै जङ्गल मार्गहरू काम गर्ने अवस्थामा छन्। पर्यटक आउँदा सबै कुरा बराबर होस् भनेर हामी सबै प्रयास गरिरहेका छौं, ”उनले भने।
राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४ बाट बढेर २५ पुगेको छ ।