अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना हुँदा गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ ।
बुधबार भएको दुर्घटनामा दुई बालबालिकासहित सात जना घाइते भएका छन् ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका किमडाँडाकी ६ वर्षीय बालक आरम्भ क्षेत्रीको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।




