डोल्पाको जंगलमा आगलागीमा परी घाइते भएका तीनै बालबालिकाको जलेर मृत्यु भएको छ

0
19

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुन सामुदायिक वनमा आगलागी हुँदा गम्भीर घाइते भएका तीनै बालबालिकाको जलेर मृत्यु भएको छ ।

उनीहरुमध्ये दुई जनाको उपचारका क्रममा आज काठमाडौंमा र एक जनाको शुक्रबार जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

१२ वर्षीय बिबास बुढा र १३ वर्षीय सामन्त बुढाको आज र १० वर्षीय सालस बुढाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । गुच्छी च्याउ लिन नजिकैको सामुदायिक वनमा गएका तीन बालबालिका आगलागी हुँदा घाइते भएका हुन् ।

उनीहरु सबै एउटै गाउँका भएको त्रिपुरासुन्दरु–४ का अध्यक्ष रञ्जित बुढाले बताए ।

बिबास र सामन्तलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारबीच हेलिकप्टरको १६ करोड ५० लाख भाडा तिर्नका लागि समन्वय भइरहेको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो ।

यसअघि डोल्पाको ठूलोभेरी नगरपालिका–४ स्थित मस्ता सामुदायिक वनमा मंगलबार आगलागी हुँदा तीन सैनिकको मृत्यु भएको थियो ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here