उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स इन्स्टिच्युटले आयोजना गरेको ‘सस्टेनेबल एकाउन्टिङ प्राक्टिसिज’ को आज राजधानीमा उद्घाटन गर्दै मन्त्री भण्डारीले विगतको अर्थतन्त्रमा सुस्त गतिमा अहिले सुधार भएको बताए ।
अर्थतन्त्रका सूचकमा सुधार आएको र अब व्यापार, व्यवसाय र राष्ट्रिय उद्योगको विकास गरी अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्ने मन्त्री भण्डारीले बताइन् ।
भण्डारीका अनुसार सुदृढ अर्थतन्त्र निर्माणका लागि उद्योगी–व्यवसायी समुदायको मनोबल बढाएर नयाँ आर्थिक अवसर सिर्जना गर्नुपर्छ । ‘यसले एकातिर अर्थतन्त्रमा सकारात्मक सन्देश दिएको छ भने अर्कोतिर देशभित्रै रोजगारीका अवसरहरू सिर्जना भएको छ’, उनले भने ।
सो अवसरमा उनले चार्टर्ड एकाउन्टेन्टहरुलाई आफ्नो पेशामा विश्वसनीयता र पारदर्शिता कायम गर्न आग्रह गरे ।