२३२ थान ब्राउन हेरोइन र नाइट्राजेपामको ७४९ ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् ।
पाँचथरको विशालचोक फालेलुङ गाउँपालिका–५ का ३५ वर्षीय राजु थमसुहाङ र उमाकुण्ड गाउँपालिका रामेछापका २१ वर्षीय दिनेश सुनुवारलाई काठमाडौंको गोकर्णेश्वर–५ जोरपाटीबाट पक्राउ गरिएको हो ।
लागुऔषध नियन्त्रण ब्यूरो ललितपुरका प्रवक्ता एसपी रामेश्वर कार्कीले हम्सुहाङबाट २३२ ग्राम ब्राउन हिरोइन, रु एक लाख ८० हजार र डिजिटल स्केलको टुक्रा बरामद गरिएको जानकारी दिए ।
त्यस्तै सुनुवारबाट ७ सय ४९ थान नाइट्राजेपाम ट्याब्लेट बरामद भएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको छ ।




