तमोर नदीमा १६ जलविद्युत् आयोजना निर्माणाधीन

0
358

ताप्लेजुङ जिल्लाको मुख्य नदी तमोर नदीलगायत अन्य नदीमा जलविद्युत आयोजनामा ठूलो लगानी आएको छ ।

तमोर नदीमा १६ जलविद्युत आयोजना निर्माणाधीन रहेको र १ हजार ६ सय ५४ दशमलव ५१ मेगावाट विद्युत उत्पादन हुने अधिकारीहरुले जानकारी दिए ।

विद्युत् विकास विभागका अनुसार नदीमा १४ जलविद्युत् आयोजना फाक्ताङ्लुङ गाउँपालिकामा र दुईवटा अन्य स्थानीय तहमा रहेका छन् ।

त्यस्तै, मिकवाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोला (नदी) मा चारवटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । मेवाखोलामा रहेका आयोजनाबाट १७८ दशमलव ४२ मेगावाट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ ।

विभागले काबेली नदीमा चार आयोजना निर्माणाधीन रहेको र सो आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट विद्युत उत्पादन हुने जनाएको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here