दमौली अस्पतालले आजदेखि १२ घण्टा बहिरंग विभाग (ओपीडी) सेवा सञ्चालन गरेको छ । बिरामीको चाप बढेपछि अस्पतालले आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ओपीडी सेवा सञ्चालन गरेको हो ।
शनिबार र सार्वजनिक बिदा बाहेक अन्य दिनमा १२ घण्टा ओपिडी सेवा उपलब्ध गराइनेछ । दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले समय थप्दा पनि सेवा लिँदा बिरामीले थप शुल्क तिर्नु नपर्ने बताए ।
उनले स्वास्थ्य बीमा योजनामा समेटिएकालाई स्वास्थ्य बीमामार्फत उपचार सेवा उपलब्ध गराउने बताए । ओपिडी सेवा विस्तार भएपछि सबै वर्गका जनताले सहज रूपमा उपचार सेवा पाउने र जागिर खाने विद्यार्थी र विद्यार्थीले समेत लाभान्वित हुने उनको विश्वास छ ।