पोखरा महानगरपालिका–७ स्थित राष्ट्र बैंक चोकमा बिहीबार बिहान ९ः४३ बजे विपरित दिशाबाट आउँदै गरेको बा१३च ५१३७ नम्बरको जीपसँग बा १ च ८५१ नम्बरको माइक्रोबस ठोक्किँदा आठ चिनियाँ नागरिक घाइते भएका छन् । ।
घाइते सबैको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । घाइते सबैको अवस्था स्थिर रहेको छ ।
माइक्रोबसमा ११ चिनियाँ यात्रु सवार थिए । दुवै गाडीमा जम्मा १४ जना यात्रु सवार थिए, जसमध्ये आठ जना घाइते भएका छन् ।
दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी बैदाममा राखिएको छ ।