वडा नम्बर १ मा भीषण आगलागी भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ३ र ४ मा २० घर र गोठमा क्षति पुगेको छ ।
आगो अहिले नियन्त्रण बाहिर छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दिपेन्द्र रावलले धरापनीका रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायत गाउँमा आगलागी हुँदा २० घर र गोठ जलेर नष्ट भएको जानकारी दिए ।
आगलागीबाट गाउँ नै जलेर नष्ट भएको बाजाखर्कका स्थानीयवासी हरिप्रसाद भुसालले बताए ।
प्रहरी, स्थानीयवासी र दमकलले आगो निभाउने प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन नसकेको प्रहरी निरीक्षक रावलले बताए ।
अर्का स्थानीयवासी टेकराज भुसालले गाईवस्तु मरेको र घर तथा गोठमा क्षति पुगेको भएपनि मानवीय क्षति भने नभएको बताए ।
क्षतिको विवरण आउन बाँकी छ ।




