बत्तीसपुतली हत्याका चारै अभियुक्त नाबालिग

0
173

बत्तीसपुतलीमा गएराति एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका चारै जना नाबालिग रहेको बताइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच भएको झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको छ ।

घटनामा संलग्न चारै जनालाई पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानले उनीहरु सबै नाबालिग रहेको देखाएको छ । उनीहरुको परिचय खुलाइएको छैन ।

राति हिँड्ने क्रममा धिमाल र एकजना अभियुक्तबीच ठक्कर दिएपछि झगडा भएको डिएसपी अधिकारीले भने, झडप हुँदा एक जनाको ज्यान गएको हो । गिरोहले धिमाललाई छुरा प्रहार गरेपछि उनलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्याइए पनि त्यहाँ पुगेपछि उनलाई मृत घोषणा गरिएको थियो ।

घटनामा धिमालका साथी २३ वर्षीय मनिष चौधरी घाइते भएका छन् । शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here