भरतपुर महानगरपालिका–२० दद्राहनी पुलमा आज बिहान स्कुलका बालबालिका लिन जाँदै गरेको बसमा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले आज बिहान ६ जनाको समूहमा आएका केही अज्ञात आक्रमणकारीले बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरेको बताए ।
तिनीहरूले बसमा मोलोटोभ ककटेल हानेर अघि ड्राइभर र सहयोगीलाई तल ओर्लन आदेश दिए। जसका कारण बसमा आगो लागेर पूर्णरुपमा जलेको छ ।
‘घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ र पेट्रोल बम कसले हान्यो र त्यसको कारण भने पछि मात्र थाहा हुन्छ’, डिएसपी रिजालले भने ।