लक्ष्मण सुवेदीको ‘सतीदेवी’ साउन ४ देखि

0
333

लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गते रिलिज हुने भएको छ। नारी प्रधान फिल्मले बाबु र छोरीहरु बीचको मिहीन स्नेह, सम्बन्धको आरोह अवरोहलाई प्रस्तुत गरेको छ।

फिल्ममा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीलगायतको अभिनय रहेको छ। दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन्।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद, बाबु श्रेष्ठको छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ।

काठमाडौँ, लमजुङ, तनहुँ र कास्कीमा छायांकन गरिएको फिल्मले हालै रामेछापमा सम्पन्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जितेको थियो।

फिल्मले सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड पनि पाएको थियो।

फिल्म वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here