मंगलोदय श्रृजनशिल समाजद्वारा गोरखाको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

0
112

काठमाडौं । मंगलोदय श्रृजनशिल समाज, चन्द्रागिरीद्वारा गोरखा जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरिएको छ । जिल्लाको आरुघाट,थुमी घुङ्गमा रहेको निलकण्ठ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि मंगलोदय श्रृजनशिल समाजले किताव, कापी, पेन स्कूल व्याग लगायतका शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरिएको हो ।

चन्द्रागिरीकै मंगलोदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संयुक्त पहलमा सामाजिक सेवा भावका लागि २०७६ सालमा स्थापना भएको उक्त संस्थाद्वारा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रममा निलकण्ठ आधारभूत विद्यालय व्यबस्थापन समितिका अध्यक्ष लुत्र बहादुर वरामको सभापतित्व , सोही ३ वडाका वडाअध्यक्ष टेक बहादुर अधिकारीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष दिवाकार थापाको विशेष आतिथ्यता,संस्थाका अन्य पदाधिकारी,विद्यालयका कर्मचारी लगायत अभिभावकहरुको उपस्थितीमा १०२ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी १ थान स्कूल व्याग, १ दर्जन कापी, पेन, पेन्सिलका साथै ईसिडीको बाल कक्षाका विद्यार्थीहरुलाई सिलेड वोर्ड सहित खेलकुद सामाग्रीहरु वितरण गरिएको थियो । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सहयोगार्थ स्कूल व्याग सोही कार्यक्रमको माध्यमबाट वितरण गरिएको थियो ।

अति विपन्न परिवारका १५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक एवं जुत्ता वितरण गरिनुका साथै सोही विद्यालयमा अध्यापन गराउदै आएका मृगौलापिडित समेत रहेका शिक्षक जित बहादुर गुरुङ्गलाई स्वास्थ्योपचारका लागि नगद ५ हजार सहयोग गरिएको थियो ।
सो कार्यक्रममा समाजका अध्यक्ष थापाले सामाजिक उत्तरदायित्वका निमित्त निरन्तरताका लागि यस कार्यक्रमको आयोजना गरिएको र यसरी दुरदराजका दुर्गम भेगमा रहेका विद्यार्थी एवं विद्यालयलाई सहयोग गर्न पाउदा आफुमात्र नभई संस्थाका सम्पूर्ण पदाधिकारी निकै हर्षित भएको कुरा बताए ।

त्यस्तै, प्रमुख अतिथी अधिकारीले जिल्लाको विकट स्थान आरुघाट थुमी घुङ्गमा आई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई र विद्यालयमा सहयोग गर्नुभएकोमा संस्था प्रति आभार प्रकट गरेका थिए ।
मंगलोदय माध्यामिक विद्यालयमा अध्ययन गरेका २०५४ सालका एसएलसी व्याचका साथीभाईहरुका विशेष पहलमा २०७६ सालमा स्थापित यस संस्थाले स्थापनाकालदेखि देशका दुर्गम भेगका रहेका सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री एवं आवश्यकता अनुसारका विभिन्न सहयोग प्रदान गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने संस्थाका महासचिव सन्तोष सिग्देलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here