प्रवासमा रहेर नेपाली गीत संगीतको प्रवद्र्धन र विकासमा सक्रिय गायक युवराज छन्त्यालको ‘किन पिर मान्छौ’ बोलको लोक लयको गीत सार्वजनिक भएको छ ।
गायिका देवी घर्तीले स्वरमा साथ दिएकी उक्त बोलको गीतको अडियो गायक स्वंकै युट्युब च्यानल युवराज छन्त्यालबाट सार्वजनिक भएको हो ।
गीतको संगीत पनि उनकै रहेको छ । भिडियो केहि दिनमा सार्वजनिक हुने तयारीमा रहेको गायक छन्त्यालले जानकारी गराए ।
क्यानडामा छायांकन हुने गीतको भिडियो हाल अडियो भर्सनमा मात्र सार्वजनिक गरिएको हो ।