प्रधानमन्त्री प्रचण्ड पोखरामा

0
225

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा आइपुगेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धिताल, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, हरिराज अधिकारी, गायत्री गुरुङलगायतले स्वागत गरेका थिए ।

त्यसैगरी कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र जिल्लाका सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार पोखरामा पार्टी कार्यकर्ताको गण्डकी प्रदेशस्तरीय तालिम कार्यक्रमलाई सम्बोधन गर्ने नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीका अध्यक्ष गायत्री गुरुङले बताइन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here