टि-२० विश्वकप क्रिकेट टुँडिखेलबाट लाइभ

0
100

आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल काठमाडौंका विभिन्न तीन स्थानबाट सर्वसाधारणका लागि प्रत्यक्ष प्रशारण गरिने भएको छ ।

काठमाडौं महानगरपालिकाले सन् २०२४ को विश्वकपमा नेपालको पहिलो खेल टुँडिखेल, तिनकुने र हाण्डिगाउँमा लाइभ स्क्रिनिङ गर्ने भएको छ । केएमसीले युवा तथा खेलकुद मन्त्रालय र ओपन डोर इन्टरटेनमेन्टसँगको सहकार्यमा सबैका लागि निःशुल्क स्क्रिनिङ आयोजना गर्न लागेको हो ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । अमेरिकाको डलासमा आयोजना हुँदैछ ।

टुँडिखेलका गेट चाँडै खुल्ने छ भने साँझ ६ बजेबाट चर्चित कलाकारहरुको सांस्कृतिक कार्यक्रम हुने मनोरञ्जन संस्थाका अध्यक्ष एलिन श्रेष्ठले जानकारी दिए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here