सुनको भाउ प्रति तोला १ हजार ७ सय बढेको छ

0
131

आन्तरिक बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ ।

सोमबार एक लाख ४१ हजारको तुलनामा आज प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै महासंघले कामदार सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार तोकेको छ । सोमबार १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य अघिल्लो दिनको एक हजार ८ सय ३५ रुपैयाँको तुलनामा आज तोलामा २५ रुपैयाँले बढेर एक हजार ८ सय ६० रुपैयाँमा तोकिएको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here