सिमलटार बस दुर्घटनामा बेपत्ता भएका ६५ मध्ये १७ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये नौ जनाको सनाखत भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत असार १२ गते पहिरोले दुईवटा बस त्रिशूली नदीमा बगाएर बेपत्ता भएका थिए ।
बसमा रहेका ६५ यात्रुमध्ये तीन जनाको ज्यान जोगाउन सफल भएका छन् भने ६२ जना अझै बेपत्ता छन् । हालसम्म बेपत्ता १७ यात्रुको शव फेला परेको सशस्त्र प्रहरी बल (एपीएफ)ले जनाएको छ ।
सशस्त्र प्रहरी बलले अहिलेसम्म नौ जनाको सनाखत भइसकेको छ भने आठ जनाको शव सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरी बलका उपप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
पहिचान खुल्नेमा भारतीय नागरिक ऋषिपाल शाह, जयप्रकाश ठाकुर, साजाद अन्सारी रहेका छन् ।
मृतक चितवनका विकास परियार र सुदीप विक, सर्लाहीका रमितकुशर माझी, रौतहटका फिरोज राहुपमिया र किशोरकुमार चौधरी र बाराका परमानन्द पण्डितको पनि शव पहिचान भएको प्रहरीले जनाएको छ ।
छ पुरुष र दुई महिलाको शव पहिचान हुन बाँकी रहेको उपप्रवक्ता थापाले जानकारी दिनुभयो ।
दुई यात्रु बससहित बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उनले बताए ।