दुर्घटनामा परी घाइते भएका सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको केएमसी अस्पताल सिनामंगलमा शल्यक्रिया सुरु भएको छ ।
पाइलट शाक्यलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको अस्पतालका निर्देशक डा सुमन श्रेष्ठले जानकारी दिए ।
उनले भने, “शरीरका विभिन्न भागमा धेरै चोट लागेको छ। आँखाको माथि पनि चोट छ। मेरुदण्ड भाँचिएको कारण मस्तिष्क सुन्निएको छ।”
पाइलट शाक्य न्युरो वार्डमा ७२ घण्टा अब्जर्भेसनमा रहने डा श्रेष्ठले बताए । उनले केही दिनपछि मेरुदण्डको शल्यक्रिया गरिने पनि बताए ।
बुधबार बिहान दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा पाइलट शाक्य मात्र बाँचेका थिए ।