राहुघाट जलविद्युतको मुख्य सुरुङमा ब्रेकथ्रु भएको छ

0
70

राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा ४० मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको आयोजना निर्माणाधीन छ । यो नेपाल विद्युत प्राधिकरणको सहायक आयोजना हो भने रघुगंगा हाइड्रोपावर यसको प्रवद्र्धक हो ।

६ हजार २७० मिटर लामो मुख्य सुरुङ गाउँपालिका–४ दगनमको फेदमा रहेको बाँधबाट सुरु भई गाउँपालिका–३ स्थित तिलकेनीचौरमा टुङ्गिने आयोजनाका प्रबन्ध निर्देशक गणेश केसीले बताए ।

सुरुङलाई चारवटा अडिटमा विभाजन गरी ब्रेकथ्रु गरिएको आयोजनाले जनाएको छ ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध निर्देशक केसीले संयुक्त रुपमा बाँध र लेखापरीक्षण नम्बर २ आघेरीखोला जोड्ने २ हजार ३३२ मिटर लामो सुरुङमा स्विच पुस गरी ब्रेकथ्रु गरेका हुन् ।

लेखापरीक्षण १ बाट ८ सय ७५ मिटर सुरुङ खनेको छ भने लेखापरीक्षण २ बाट १ हजार ४ सय ५८ मिटर सुरुङ खनेको छ । गत चैतमा ब्रेक थ्रु भएको ३ हजार ८३६ मिटर लामो अडिट २ र ३ सुरुङमा लाइनिङको काम भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष भण्डारीले सुरुङ निर्माणको काम सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सुरुङ निर्माण नै आयोजनाको मुख्य काम भएको बताए । उनले आयोजनाको काममा गाउँपालिकाले सहजीकरण र समन्वय गरेको बताए ।

भारतीय एक्जिम (निर्यात-आयात) बैंकको ६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण र प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो ।

आयोजना निर्माणका लागि सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)सँग २०७४ सालमा ठेक्का सम्झौता भएको थियो ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here