बंगलादेशका राष्ट्रपति शाहबुद्दीनले संसद भंग गरेका छन्

0
36

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले मङ्गलबार संसद भंग गरी अन्तरिम प्रशासन गठनको बाटो खुलेको ढाका ट्रिब्युनले लेखेको छ ।

राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ ।

बीएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि उल्लेख छ ।

विज्ञप्तिमा साउन १ देखि साउन ५ गतेसम्म विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरुलाई रिहा गर्ने प्रक्रिया सुरु भइसकेको र धेरैलाई रिहा गर्ने पनि उल्लेख छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here