बालसाहित्य समाज सर्वोत्कृष्ट बालपुस्तक पुरस्कार स्रष्टा राईको कृति ‘साङ्केनको खुलदुली’लाइ

0
376

काठमाडौं २३ कात्तिक । बालसाहित्यले सामाजिक सद्भाव, सांस्कृतिक अन्तर्घुलन, प्रकृतिसित तादात्म्य, श्रमप्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं पाटामा सकारात्मक परिवर्तन ल्याउन सक्छ । उनीहरूको जीवनपद्धति सभ्य शिष्ट भई सोच्ने क्षमता बढाउँछ । प्राणीहरूप्रति सहिष्णु रहेर देशप्रेमी भावना जागृत गराउँछ । सिर्जना र साहित्य कहिल्यै पनि बासी हुन्न, त्यसमाथि बालसाहित्य सदाबहार हुने गर्दछ । यही सदाबहार साहित्यको रूपमा रहेको बालसाहित्य प्रति पछिल्लो पुस्ताकी लेखिका सृर्जना राईको कृति ‘साङ्केनको खुलदुली’ पुरस्कृत घोषणा भएको छ ।

कोपिला किताबबाट प्रकाशित पुस्तक साङ्केनको खुलदुली ‘चित्रकथार सृजना राई’ कृति २०७९ सालको नेपाल बालसाहित्य समाज सर्वाेत्कृष्ट बालपुस्तक लेखन पुरस्कार घोषणा गरेको हो । गीति लेखनमा समेत आफुलाई अब्बल सावित गरिसकेकी खोटाङकी स्रष्टा सृर्जना राईका शब्द संगीत र स्वरमा लोकप्रिय गायक राजेशपायल राईसंग आफैले स्वर भरिसकेकी छन । बुवा टेक ब.राई र आमा इन्द्रकुमारी राईको ४ सन्तान मध्यको कान्छी सन्तान सृजना राई खोटाङको दिप्लुङ १ केराबारी, जन्तेढुङ्गा ६ मा जन्मेर गाउँले परिवेस पश्चात पढाईको सिलसिलामा राजधानी प्रवेश गरेकी उनी पढाईसंग संगै गीत, संगीत र साहित्यलाई पनि उतिकै मायाँ गर्छिन ।

छापा र डिजिटल सञ्चार माध्यममा सञ्चारकर्मको अनुभव बटुलेकी सृर्जना राई २०७७ सालको प्रदेश नं १ नानी श्रष्टाहरुको संयुक्त कविता संग्रह अजम्बरी अक्षरहरुमा आफ्नो कविता ‘मानवताको खोजि’ समावेस रहेकोमा खुसि ब्यक्त गर्छिन् । विभिन्न संघसंस्थामा आवध्द रहेर समाजसेवामा समेत सकृय सृर्जना राई गीत, कविता र गजलहरुलाई डायरिमा सिमित रहन नदिने र क्रमशः प्रकाशन गर्दै लाने बताउछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here