थाइल्याण्डबाट पाँच नेपालीको उद्धार

0
31

थाइल्याण्डस्थित नेपाली दूतावासले म्यानमारको म्यावाद्दीबाट पाँच नेपालीको उद्धार गरेको छ ।

उद्धार गरिएकामध्ये चार पुरुषलाई थाइल्याण्डको सरकारी निकाय आइओएम र गैरसरकारी संस्थाको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो भने एक महिलालाई मंगलबार नेपाल पठाइएको थियो । थाइल्याण्डस्थित नेपाली दूतावासले सो जानकारी दिएको हो ।

दूतावासले कम्बोडिया, लाओस र थाइल्याण्डमा कामको झूटो आश्वासन दिने म्यानपावर एजेन्सीको प्रलोभनमा दौडिनुभन्दा सरकारी कार्यविधि र मापदण्डको पालना गरी श्रम स्वीकृति लिन सबै नेपालीलाई अपिल गरेको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here