युवा समाजसेवी सुवास न्यौपानेले गरे गौतम आधारभूत सामूदायिक बिद्यालयका ७५ बिद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री वितरण

0
340

पुस माघको कठ्याङ्ग्रीदो जाडोमा एक सरो कपडा लगाएर बिद्यालयको चिसो कक्षा कोठमा बस्नु कति कठिन होला ? हामी सोच्दा पनि मुटु काप्छ । तर सरकारी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरू यसरी नै पढ्न बाध्य हुन्छन् । ग्रामिण भेगका विद्यार्थीहरू यसरी नै एक सरो विद्यालय पोषाक लगाएर पढ्न जानु पर्छ । तर काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ रघुचौरमा अवस्थित गौतम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई भने यसपालि सहज हुने भएका छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जाडोमा लायन्स क्लव अफ काठमाडौ सिन्चित ३२५ एटु नेपालले न्यानो साथ दिएको छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई नमोबुद्ध नगरपालिका–६ का युवा समाजसेवी सुवास न्यौपानेको पहलमा क्लवले न्यानो कपडाको साथमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । क्लवले उक्त विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीहरूका लागि न्यानो कपडाको साथमा पेन्सिल, कापी लगायत शैक्षिक सामाग्रीहरू वितरण गरेको युवा समाजसेवी न्यौपानेले जानकारी दिएका छन् ।

जाडो मौसममा विद्यार्थीहरूले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै न्यौपानेले पहल गरेपछि क्लवका अध्यक्ष समाजसेवी तथा युनिभर्सल डेण्टलका सिइओ राजेन्द्र बहादुर लामाको टिमनै विद्यालय पुगेर न्यानो कपडासहित शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि विद्यार्थीहरूको दिमाग ताजा हुनु पर्ने समाजसेवी लामाले बताएका छन् । जाडोमा विद्यार्थीहरूलाई न्यानो वातावरण हुनु पर्ने नत्र पढाईको समयमा विद्यार्थीहरू जाडो महशुस भैरहेमा ध्यान मोडिई गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकिने उनको भनाई छ । ‘गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि विद्यार्थीहरूको दिमाग ताजा हुनुपर्छ । नत्र उनीहरूको ध्यान मोडिएर गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिदैन ।’ समाजसेवी तथा क्लवका अध्यक्ष लामाले भने, ‘त्यसकारण विद्यार्थीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग होस भन्ने हेतुका साथ हामीले न्यानो कपडाको साथमा शैक्षिक सामग्री दिएका हौँ ।’ उक्त कार्यक्रममा क्लब एरिया इन्चार्ज गोपाल न्यौपाने, जोन चेयर पर्सन मोहन मानन्धर, डिष्ट्रिक चिफ शम्भुबहादुर थापा, समाजसेवी सुवास न्यौपाने, दीपक न्यौपाने, सुवास गौतम स्कुलका संचालक समितिका अध्यक्ष अनिल मोक्तान, वडा अध्यक्ष पोष्टराज गौतम लगायतको सहभागीता रहेको थियो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अनिल मोक्तानले विद्यार्थीहरूलाई क्लवले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

तीन अशक्त व्यक्तिलाई व्हिल चियर
नमोबुद्ध नगरपालिका वडा नं. ६ चरङ्गेफेदीका तीन जना अशक्त जेष्ठ नागरिकहरूलाई लायन्स क्लव अफ काठमाडौं सिन्चित ३२५ एटु नेपालले व्हिल चियर वितरण गरेको छ । युवा समाजसेवी सुवास न्यौपानेको अग्रसरतामा व्हिल चियर वितरण गरेका हुन् । यसको मद्धतले अशक्तहरू हिडडुलका लागि सहज हुने समाजसेवी न्यौपानेले बताए ।


गौतम आधारभूत विद्यालयमा अध्ययनरत २ जना गरीब जेहन्दार विद्यार्थीलाई कक्षा १० सम्म पढाउने जिम्मा समाजसेवी तथा लायन्स क्लव अफ काठमाडौ सिन्चित ३२५ एटु नेपालका अध्यक्ष राजेन्द्रबहादुर लामाले लिने प्रतिबद्धता समेत जाहेर गरेका छन् । उनीहरूको पढाईमा लाग्ने शैक्षिक सामग्री, विद्यालय पोशाक र अन्य कुराका लागि लाग्ने खर्च कक्षा १० सम्म सम्पूर्ण जिम्मा लामाले लिने बताएका छन् । व्यक्तिगत रुपमा लामाले सो स्कुलका दुई विद्यार्थीलाई निःशुल्क पढाइको जिम्मेवारी लिएका हुन् । समाजसेवी लामा सोही स्थानका स्थायी बासिन्दा हुन् भने राजेन्द्र बहादुर लामा अहिले काठमाडौमा युनिभर्सल डेण्टल सञ्चालन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here