काठमाडौं । स्याङजा जिल्लाको भिरकोट नगरपालिक वडा नं ०९ स्थित बाबु दुर्गा बहादुर गुरुङ र आमा नरमति गुरुङको कोखबाट २०४८ सालमा जन्मिएका हुन् रामप्रसाद गुरङ । उनी परिवारमा कान्छो सन्तान हुन् । राम प्रसाद एक होनहार प्रतिभाशाली अभिनेता हुन् । जसले नेपाली संगीत भिडियोहरू र गुरुङ भाषाका चलचित्रहरूमा प्रभावशाली अभिनय प्रस्तुत गर्दै आएका छन् ।
आफ्ना सांस्कृतिक जरा र पहिचानप्रति गहिरो निष्ठा राख्ने गुरुङ फिल्म उद्योगमा उल्लेखनिय योगदान दिएका छन् । उनले अहिलेसम्म ६ वटा चर्चित भिडियोहरूमा अभिनय गरेका छन् । जसमध्य हालै सावर्र्जनिक भएको आफ्नै आवजमा रहेको ‘फुलै फलेको’ लोक गीत रहेको छ ।
जसमा उनक अभिनय तथा भावपूर्ण प्रस्तुतिले दर्शकको मन जितेका छन् । भिडियोको अनुभवपछि गुरुङ भाषाका चलचित्रहरूमा प्रवेश गरेपछि उनले झनै ठूलो चर्चा कमाएका छन् ।
उनले गुरुङ चलचित्र ‘आमाको मन’मा अभिनय गर्दै दर्शकहरूलाई भावुक बनाउने अभिनय प्रस्तुत गरेका थिए । साथै, गुरुङ भाषाकै अर्को चलचित्र ‘ङोल्स्यो रामह्रानी’ मा मुख्य भूमिकामा अभिनय गर्दै आफ्नो अभिनय क्षमताको गहिरो छाप छोडेका छन् ।


