आखिर के को लागि राजनीति ?

0
352
  • डा.डिआर उपाध्याय

आज म अलि गम्भिर छु । हातमा कलम र कापी लिएर घोत्लिरहेको छु ,के लेखौँ के नलेखौँ, केही कुरा नलेख्न पनि मनले दिदैन, लेखौँ–लेखौँ लाग्छ । अहिलेको तात्तातो विषय भनेको राजनीति विषय नै हो । अरु सबै कुरा ओझेलमा परे । नेकपा भित्रको विवाद र त्यसले निम्ताएको राजनीतिक संकट नै अहिले सबैको चिन्ता, चासो र जिज्ञाशाको विषय बनेको छ । एउटा प्रश्न उठ्ने गर्छ ।आखिर के को लागि राजनीति गर्ने पद,पैसा र शक्तिको दुरुपयोग गर्न राजनीति गरिएको हो रु अहिले त्यस्तै दृश्य देखिएको छ ।

राजनीति भनेको त समाजसेवा हो । राजनीतिको नाममा अरबौँपति बनेका नेता प्रशस्त छन् । हिजोका दिन सम्म राम्रो सँग चप्पल लगाउन नसक्ने अधिकांश नेताहरु अहिले आलिसान महल,गाडी बैंक व्यालेन्स सबथोक छ । लगानी बिनाको व्यापार भएको छ नेपाली राजनीति ,पछिल्लो पुस्ता राजनीतिबाट पलायन हुँदैछन् । राजनीतिले वितृष्णा जन्मायो । २०४६ सालको परिवर्तन पछिका पाँच, छ वर्ष सम्म राजनीतिलाई ठूलो इज्जतले हेरिन्थ्यो ।

नेता भनेपछि इज्जत, मान, सम्मान र प्रतिष्ठा दिइन्थ्यो । त्यस बेलाका नेताहरु त्यागी र निस्वार्थी पनि थिए । तिनीहरुले लाभको राजनीति कहिल्यै गरेनन् । देश र जनताका लागि सोच्थे । तर अहिलेका नेताहरु आफ्नो व्यक्तिगत स्वार्थ भन्दा अरु केही हेर्न सकेनन् । जसका कारणराजनीति दुषित भयो । अब राजनीतिलाई सफा गर्नु पर्ने आवश्यकता छ ।

राजनीति आफैमा दुषित होइन । राजनीति गर्ने नेताहरुको व्यावहार,नैतिकता,र चरित्रका कारण दुषित र बदनाम भएको छ। कारण के हो भने राजनीतिको नाममा कमाउने र ठग्ने खेला भयो । जनताको आवश्यकता केछ त्यो बुझ्ने फुर्सद कसैलाई छैन। मिठा भाषण गरेर मात्र मुलुकको समस्या समाधान हुँदैन , चर्को स्वरमा कराउँदैमा नेपालमा साम्यवाद आउँदैन । साम्यवाद आउने भए हामी त्यो भन्दा बढी चर्को स्वरमा कराउन सक्छौँ ।

अर्को समस्या के हो भने देशमा उत्पादनमुखी काम गर्ने भन्दा राजनीति गर्ने नेता धेरै भए । जुन देशमा धेरै नेता हुन्छन् त्यो देशको विकास हुँदैन। देशको विकास गर्न उत्पादनमा लाग्नु पर्छ । देशका धेरै जसो मानिसले राजनीति गरेपछि उत्पादनको काम कसले गर्ने रु अहिलेको हाम्रो देशको समस्या ,तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताकार्यकर्ता पाल्नुपर्ने अवस्था छ । देशको आर्थीक अवस्था नाजुक बन्दै गएको छ । देश चलाउन धौ–धौ परेको अवस्था छ । तर यही बेलामा सत्तारुढ दल भित्रको द्वन्द्वले मुलुक कता जाने हो यकिन गर्न सक्ने अवस्था छैन ।

औपचारिक रुपमा पार्टी फुट्ने घोषणा नभएपनि नेकपा फुटिसकेको अवस्था छ । दुई समूह प्रचण्ड –नेपाल रकेपी शर्मा ओली समूह एकले अर्कोलाई तान्ने र गलाउने रणनीतिमा लागि रहेका छन् । नेकपा भित्रको यो हविगतले सिंगो मुलुक बन्धक बनिरहेको छ । यो नै हामी सबैको लागि चिन्ताको विषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here