सुमित्रा र राजुको स्वरमा ‘बिर्से पापिलाई’ (भिडियो)

0
328

लोकदोहोरी गीत ‘बिर्से पापिलाई…’ सार्वजनिक भएको छ । सुमित्रा सत्याल र राजु बिरही सापकोटाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गायक सत्यालको लय तथा शब्द र संजय श्रीपालको एरेञ्ज छ गीतमा । राजुकै निर्देशन रहेको गीतको भिडियोमा सञ्चारकर्मी अरबिन्द्र गौतम र साबित्री श्रेष्ठको अभिनय छ । मरुभुमी नारायणको छायाँकन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ भने मेकप राकेश रनपाको छ ।

भिडियोलाई कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा छायाँकन गरिएको छ । भिडियो मिलन फिल्म प्रोडक्सनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here