काठमाण्डौ, चर्चित गायक रुद्रसेन विश्वकर्माको दिल दुखायौ तिमीले मेरो सार्वजनिक भएको छ । नेपाली भाषाको मात्र नभई भोजपुरी, मैथिली लगायत विभिन्न भाषाभाषी र जनजाति गीतहरु गाउने उनी नेपालको प्राय सबै ठाउँहरुमा पुगिसकेका छन ।
गीतमा उनलाई अनु चौधरीले साथ दिएकी छिन । गीतमा स्वयम् गायक रुद्रसेनकै शब्द तथा संगीत रहेको छ । नीर कुमारी विश्वकर्माको विशेष सहयोगमा निर्माण भएको भिडियोलाई प्रदिप कुमार रसाईलीले निर्देशन रहेको छ । भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री र पवनको अभिनय देख्न सकिन्छ । भिडियोमा योगेश दाहालको छांयाकन तथा अमृत चापागाईको सम्पादन रहेको छ । भिडियोलाई गायक रुद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।