अहिले देशमा लकडाउनको अवस्था छ । यसका कारण आम जनजीवन प्रभावित भईरहेको छ । धेरै ठाउँमा अझै पनि जनचेतनाका अभाबको कारण रोग संक्रमण फैलिने क्रम बढ्दो छ । यसका लागि आज भोली जनचेतना जगाउने हेतु नेपाली सांगितिक क्षेत्रका कलाकारहरु लागि आफ्नै तवरले लागि परेका छन ।
यसै बिच चर्चित संगीतकार महेश ज्ञवालीद्वारा संगीतबद्ध गीत ‘जय होस्’ बोल रहेको गीत केही समय अगाडी रिलिज गरिएको थियो जसमा वरिष्ठ गायिका तथा सुमधुर आवाजकी धनी दिपा नारायण झाको स्वर रहेको थियो । सोही गीतको नेवारी संसकरण ‘जय जुइ’बोलको अर्को भिडियो रिलिज गरिएको छ । गीतमा गायक सिद्धार्थ बज्राचार्यको स्वर रहेको छ भने शब्द स्वयम संगीतकार ज्ञवालिको रहेको छ ।
प्रस्तुत भिडियोलाई आस म्युजिक कम्पनीको सहयोग रहेको छ । भिडियोलाई सुशिल दाङगीले सम्पादन गरेका हुन ।