लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) अव भिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन । हरेक काम फरक ढंगले गर्दै आएका ढकाल आफुले निर्देशन गर्ने म्युजिक भिडियो समेत फरक तरिकाले शुरुवात गरेका छन । सम्भवतः शुभ मुहूर्त कार्यक्रम नै राखेर म्यूजिक भिडियो छायांकन गर्ने पहिलो भिडियो निर्देशक समेत बनेका ढकालले एक साथ दुई गीतहरुको म्यूजिक भिडियोको छायांकन प्रारम्भ गरेका छन । कमलादीस्थित गणेशस्थान मन्दिर परिसरमा बरिष्ठ नृत्य निर्देशक एवं चलचित्र नृत्य निर्देशक राजु शाहको प्रमुख आतिथ्यतामा “शहर”
र “जुन दिन मलाई” बोलको गीतको भिडियोको छायाँकन गर्ने शुभ साईत पारेर नेपाली चलचित्र क्षेत्र,सांगीतिक लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा शुभमुहूर्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा निर्देशक माधवराज खरेल,संचारकर्मी राज लुईटेल,पत्रकार सुर्य चन्द,ईभेन्ट डाईरेक्टर सोनितराज ढुंगेल,उदय श्रेष्ठ,महेश आचार्य लगायतको उपस्थिति रहेको थियो । शुभ मुहूर्त कार्यक्रम पश्चात शहर गीतको छाँयाकन शुरु गएिको थियो ।
बदलिँदो सहरी परिवेश,मानिसका महत्वकांक्षा,जीवन र जिउने शैलीलाई,सकारात्मक,नकारात्मक अनि यसभित्र नदेखिएका गाठाहरुलाई “शहर”भन्ने गीतले उजागर गरेको बताईएको छ ।“शहर”गीतमा गीतकार बाबुराम राई,कम्पोज एस डि योगी,गायक कृष्ण भट्टराई,एरेन्जर विश्व अधिकारी,श्रृंगार टेकराज पाण्डे,युमिशा पाण्डेको रहने छ भने कलाकारहरुमा नायक शितल केसी, नायक तथा मोडल संजीत भण्डारी,रिया श्रेष्ठ,रामेश्वर बुर्लाकोटी लगायत रहने छन् । शहर गीतको लागि हप्तादिनको छायाँकन काठमाण्डौँको सेरोफेरोमा हुने निर्देशक ढकालले जानकारी दिए ।
त्यसैगरि, अर्को निर्माण हुने भिडियोको गीतका गायक कृष्ण राज भण्डारी रहेको छन ।
माया गर्नेले बोलिमा मात्र होईन ब्यवहारमा पनि लागू गरेर देखाउनुपर्छ, भन्ने कथनलाई “जुन दिन मलाई” भन्ने गीतको शव्द रचना पनि गायक स्वयंकै रहेको छ । यस भिडियोमा पनि नायक तथा मोडल संजित भण्डारी रहेका छन भने उनलाई नायक श्रीदेव भट्टराई,चन्दा कुईकेल,प्रेम पाण्डे लगायत कलाकारले साथ दिने छन् । गीतको काठमाण्डौँ लगायत काभे्रको रमणीय स्थलहरुमा छायाँकन हुनेछ ।
दुईवटै गीतमा निर्देशन गोपाल ढकाल (छन्दे),छायाँकन हर्कमान वाईवा(रिदम),सम्पादन तारा थापा किम्भेको रहनेछ भने पोष्ट प्रोडक्सन एभरग्रिन वल्र्डवाईड ईन्टरटेन्मेन्टबाट हुनेछ । दुवै गीत चांडै नै निर्देशक ढकालको आफ्नै च्यानल ‘छन्दे’ बाट सार्वजनिक गरिने उनले बताए ।