अब नक्सा होइन, जमिन चाहियो प्रधानमन्त्रीज्यू : राजेन्द्र महतो

0
299

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै अब नक्सा मात्रै जारी गरेर नपुग्ने बताएका छन्। उनले अतिक्रमण भएको जमिन समेत फर्ता गर्न माग गरेका छन्। 

संसदको बैठक हजारौँ पटक बसेपनि शनिबार बैठक सबै नेपाली जनताले यो संसदप्रति हेरिरहेको उनले बताए। जनताको प्रतिनिधिको रुपमा उपस्थित भएका सबैले ऐतिहासिक दिनमा के गर्दै छ भन्नेमा सबैको ध्यान रहेको बताउँदै भने, ‘यो ऐतिहास बैठक नै हो।’ यो सामान्य प्रस्ताव नभएको भन्दै उनले यो देशको भूमिको सवाल भएको दाबी गरे। नेपालको नक्सामा भूमि कहाँ र कति हो भन्ने राख्ने सवाल भएकाले यो महत्वपूर्ण भएको उनको भनाइ थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here