गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने

0
357

नेपाली गीति लेखनमा नाम कमाएका प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने भएको छ । योगेश काजी को संगीत र एरेन्ज रहेको अडियोमा योगेश र एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो तयार भैसकेको र शुक्रबार रिलिज गर्ने तयारी भएको गीतकार अधिकारीले जानकारी दिएका छन ।

भिडियोमा बर्षा सिवाकोटी , नबराज न्यौपाने, शिबहरी बैरागी ,रश्मि भट्ट , योगेश काजी , मनिशा सिलवाल, र रिब्सन , निब्सन न्यौपाने को अभिनय हेर्न सकिन्छ । अजय रेग्मीले खिचेको भिडियोलाई सम्पादन र निर्देशन क्रान्ति केसिले गरेका हुन । वाइटिच युट्युब च्यानलबाट रिलिज हुने भिडियोको निर्माण नबराज न्यौपानेले गरेका हुन । सामाजिक सन्जालको प्रयोग र प्रेम मा हुने द्वन्दलाई शब्दमा उतारेका गीतकार लोकराज अधिकारीले रमाइलो अडियो भिडियो दुबैले दर्शक श्रोताको मन जित्ने बिश्वास गरेका छन ।

आमाको बार्सिकी लागि दाङ आएका अधिकारी बार्सिकी सकिना साथ गीत रिलिज कार्यक्रमका लागि दाङको बसाइँ छोट्याएर काठमाडौ फर्किने तयारी गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here