घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ?

0
393
  • डा.डिआर उपाध्याय

प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति तोकिएको छ । तोकिएको मितिमा निर्वाचन हुन्छ की हुँदैन भन्र्ने बिषयमा भने शंका छ । सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी मुद्दा परेका छन्। यी मुद्दामा सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरी सुनुवाइ पनि गरिरहेको छ। घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ? यी दुई विषयमा राजनीतिक दलहरू विभाजित छन्। संसद् विघटनको विरोधमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी तथा सत्तारुढ दलको प्रचण्ड–माधव समूहले विरोध प्रदर्शन गरिरहेका छन्।

निर्वाचन प्रजातान्त्रिक अभ्यास हो । यो बाट पछि हट्नु हुँदैन । कोरोना भाइरसको संक्रमणका कारण देशको आर्थीक अवस्था कमजोर भएको बेला मध्यावधि निर्वाचन कत्तिको सम्भव होला भन्ने बिषयमा राजनीतिक दलहरु गम्भिर हुुन जरुरी छ । निर्वाचनको बिषयलाई लिएर अहिले राजनीति बृतमा विचार विमर्श भइरहेका छन्। अमेरिकामा केही समयअघि चुनाव सम्पन्न भई नयाँ राष्ट्रपति चुनिएका छन्।

अमेरिका पनि कोरोना भाइरसको उच्च संक्रमणले थलिएको मुलुक हो । भारतमा पनि प्रान्तीय चुनाव सम्पन्न भएका छन्। अमेरिका–भारतको तुलनामा हाम्रो देशमा कोरोना भाइरसको संक्रमणको दर कम छ। यस्तोमा निर्वाचन हुन नसक्ने भन्ने हुँदैन। प्रजातन्त्रका लागि निर्वाचन अनिवार्य सर्त हो । संसदीय व्यवस्था निर्वाचन नभएकै कारण अर्काे बाटोमा मोडिने होकी भन्ने चिन्ता छ । निर्वाचनको लागि धेरै धन राशिको खर्च हुन्छ ।

यसले अर्थतन्त्रमा नराम्रो असर पर्ने स्वाभाविक देखिन्छ । कोरोना भाइरसका कारण देशको अर्थतन्त्र थला परेको अवस्था छ । अब हुने चुनावले देशको अर्थतन्त्र टाँट पल्टने निश्चित छ । हरेक नेपालीको टाउकोमा ऋणको बोझ थपिने छ । निर्वाचन भनेको मँहगो प्रणाली हो । संसदीय व्यवस्था बचाउनको लागि पनि निर्वाचन अनिवार्य छ । यो हाम्रो देशको आइलागेको बाध्यता हो । संसद पुनस्थापना नभए चुनावमा जानुपर्छ । यो बाहेक अर्को विकल्प छैन ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्नाले यो अवस्था आएको हो । चुनावमा दलहरु सहभागी हुनुपर्छ । दलहरु सहभागी नभएको निर्वाचनको कुनै अर्थ रहने छैन। निर्वाचन भनेको लोकतन्त्रको प्राणवायु हो । निर्वाचन विना लोकतन्त्र बच्न सक्दैन । त्यसैले दलहरु सडक आन्दोलन छाडेर निर्वाचनमा आउनुपर्छ ।यदि संसद पुनस्थापना भए खर्चिलो र झन्झटिलो चुनाव बाट देशले छुटकारा पाई राजनीतिक निकास पाउने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here