गायक योगेश काजी र अस्मिता पाण्डेको स्वरमा ‘ऐसेलु बोटैमा’ सार्वजनिक(भिडियो)

0
353

योगेश काजी र अस्मिता पाण्डेको स्वरमा रहेको गीत ‘ऐसेलु बोटैमा’ सार्वजनिक भएको छ । प्रह्लाद सुवेदीको शब्द, योगशकै सङ्गीत तथा सङ्गीत संयोजन रहेकाो गीतको भिडियो सार्वजनिक भएको हो ।

क्रान्ति केसीको निर्देशन रहेको गीतको भिडियोमा योगेश र लोशिना लामिछानेलाई फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ । भिडियो अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर सार्वजनिक गरिएको गायक योगेशले बताउनुभयो ।

गायक तथा सङ्गीतकार योगेश काजीका थुप्रै गीत लोकप्रिय रहेका छन् । चलचित्र पाश्र्वगायन र सङ्गीतमा क्रियाशिल रहनुभएका योगेश गीतको भिडियो तिर बाक्लै देखिनुहुन्छ । गीत सङ्गीत जस्तै उहाँको अभिनयले पनि राम्रै तारिफ पाइरहेको छ यतिवेला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here