पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदीमा पनि कोरोनाभाइरस ९कोभिड-१९० संक्रमण पुष्टि भएको छ । अफ्रिदीले शनिबार आफू संक्रमित भएकोपुष्टि गरको हुन् ।
‘म गत बिहीबारदेखि राम्रो महसुस गरिरहेको थिइनँ । मेरो शरीरले खराब प्रतिक्रिया देखाएको थियो र मैले परीक्षण गरेँ । दुग्भाग्य ममा कोरोना पोजेटिभ देखियो,’ उनले ट्वीटरमा लेखेका छन् ।
अफ्रिदी कोभिड–१९ बाट संक्रमित हुने क्रिकेट दुनियाँकै पहिलो ठूला सेलिब्रेटी हुन् । १९९६ देखि २०१८ सम्म उनले पाकिस्तानी क्रिकेट टोलीका लागि खेलेका थिए । आक्रामक ब्याट्सम्यान अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एकदिवसीय र ९९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
त्यसमध्ये उनले टेस्टमा १७ सय १६ रनसहित ४८ विकेट, एकदिवसीयमा ८ हजार ०६४ रनसहित ३ सय ९५ विकेट र टी–२० मा १४ सय १६ अन्तर्राष्ट्रिय रनसहित ९८ विकेट लिएका छन् । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३२ हजार नाघिसकेको छ र २५ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।