हाल रमाइलो टिभी बाट प्रसारण भै सामजिक बिसङ्गति बिरुद्द्को आवाज बनेर आएको टेलिफिल्म मादलको खरीले गाउँ सहरमा चर्चा परिचर्चा बटुल्दै गर्दा भोजपुरमा भव्य सम्मान पाएको छ । भोजपुरको अरुण गापा ७ सिक्रेटारमा आयिजोत मादलको खरी विशेष सम्मान एब सान्सकृतिक कार्यक्रममा लेखक/निर्देसक किसोर अनुराग सहित कलाकर ईश्वर बल्लभ उप्रेती, रोजि कुवर, सुरत बिस्ट, भीष्म आचार्य, दिनेश खड्का, रिता थापा, ग्यानेन्द्र कोइराला, समीर राई, आशिष् केसि, आइसा राइ सहित अन्य कलाकर र प्राबिधिक तर्फ छायांकार/ निर्माता आनन्द प्रभाकर घिमिरे सहितको टोलिलाई सम्मानपत्र र अबिरको साथमा स्थानिय बालन नाचले स्वागत र सम्मान गरिएको थियो।
जीवन थापाको सम्योजकत्वमा स्थानीय सगरमाथा माबिमा भएको कार्यक्रममा मादलको खरी नाटकको विशेष मन्चन सहित कलाकार ईश्वर बल्लभ र रोजि कुवरको युगल नृत्य, सुरत बिस्टको क्यारिकेचर र सारङ्गि प्रस्तुति सहित स्थानिय कलाकारको प्रस्तुतीले दर्सकले भरपुर मनोरन्जन लिएका थिय। भोजपुर जिल्लाको विभिन्न स्थानमा छायांकन गरि स्थानीय कलाकार र संस्कृतिलाइ समेत विशेष महत्त्वका साथ उक्त टेलिफिल्ममा स्थान दिदा भोजपुर्को भौगिलिक र संस्कृतिक गरिमा अभिबृद्दी भएको कुरा सिक्रेटारका वडाअध्यक्ष डिल्ली राम अधिकारिले बताउनु भयो । भोजपुरको अरुण गाउँपालिकालाइ पर्यटकीय स्थानमा परिनत गर्ने अभियानलाई यो कार्यक्रम र मादलको खरिले झन धेरै टेवा पुर्याएकोमा कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले धन्यबाद भयो ।